नेपाली यु–१९ क्रिकेट टोली श्रीलंकन क्लबसँग पराजित « Khabarhub

नेपाली यु–१९ क्रिकेट टोली श्रीलंकन क्लबसँग पराजित


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१९ एसीया कपको तयारीका लागि श्रीलंकामा पुगेको नेपाली युवा टिम चिल मरिन्स क्रिकेट क्लवसँग ८९ रनले पराजित भएको छ ।

घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर तीन बलमा अलआउट हुँदा १३५ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्य खेलाडी चल्न सकेनन् ।

भीम शार्कीले २६, रित गौतमले २५ रन बनाए । यस्तै पवन सर्राफले १२, हरि चौहानले चार, रोहित कुमार पौडेलले ४ रन बनाए । सन्दिप जोरा र राशिद खानले खाता खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिल मरिन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।
बलिङमा नेपालका लागि पवन सराफ र शुर्य तामाङ र रासिद खानले दुई दुई विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : २० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन