रानीपोखरीको बालगोपालेश्वर र वसन्तपुरमा सामूहिक भाइटीका « Khabarhub

रानीपोखरीको बालगोपालेश्वर र वसन्तपुरमा सामूहिक भाइटीका


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन् ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा र दर्शन गरी टीका लगाउने गर्दछन् ।

यस पटक पनि दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजेदेखि नै मन्दिर प्रवेश गरेका थिए ।

मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए । मन्दिर भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए ।

बिहान ६ बजेदेखि नै मन्दिर क्षेत्रमा स्वयंसेवीका रुपमा काम गर्नुभएकी सामुदायिक प्रहरी पुरानो बसपार्क कार्य समिति सदस्य दीपा केसी बिहानदेखि बेलुकीसम्म नै मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउँछन् । विगत वर्षमा भन्दा यस पटक भाइटीकाका अवसरमा मन्दिरमा आउने भक्तजन बढेको उनले बताए ।

भाइटीकाका दिनमा मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू भाइटीका लगाउने गर्छन् ।

सामुदायिक प्रहरी पुरानो बसपार्ककै कार्य समिति सदस्य निशा अलि खानले विगत वर्षमा भन्दा यसपटक मन्दिर आउने भक्तजन बढेको बताइन् । मन्दिर आउने धेरैजसो भक्तजन खाली निधार आई यहाँ आएर टीका लगाई फर्केका छन् ।

मन्दिरमा काम गर्दै आएका रमेश कपाली भक्तजनको सङ्ख्या धेरै भएकाले मन्दिरमा दिनभर नै घुइँचो लागेको बताउँछन्।

केही महिलाले मन्दिर परिसरमा बसेर दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइलाई टीका लगाएर प्रसाद दिएका थिए ।

मन्दिर क्षेत्रमा दिनभर सामुदायिक प्रहरी कार्यसमितिका सदस्यहरुले स्वयंसेवीका रुपमा काम गर्नुका साथै महानगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा दिएको थियो ।

 

 

खञ्जनेश्वरमा पनि भक्तजनको घुइँचो

यसैगरी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन् ।

यहाँ पनि पहिलेदेखि नै दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा आराधना गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए । यहाँ पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेका छन् ।

उता वसन्तपुरमा पनि दाजुभाइ-दिदीबहिनी नहुनेहरूले सामूहिक टीका लगाएका छन् । वसन्तपुरमा आइतबार अञ्जली मास्केले समूहिक भाइटीका लगाइदिएकी छन् ।

अञ्जली दिदी नामले परिचित उनले २६ वर्षदेखि निरन्तर भाइटीकामा दिदी-भाइ नहुनेहरूलाई सामूहिक रूपमा टीका लगाइदिँदै आएकी छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : ३५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा