अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने भएपछि चीनले गर्‍यो सैन्य अभ्यास « Khabarhub

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने भएपछि चीनले गर्‍यो सैन्य अभ्यास


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेसँगै चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै सञ्चालन गरेको ‘संयुक्त सैन्य तयारी गस्ती’ मा लडाकु विमान र चालकरहित हवाई उपकरण (ड्रोन) परिचालन गरेको हो ।

केही समयअघि अमेरिकाले ताइवानलाई हवाई प्रतिरक्षा प्रणालीलगायत २ अर्ब डलर बराबरको सैन्य उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । यसलाई अमेरिकी कंग्रेसले पारित गर्न बाँकी छ ।

ताइवानको रक्षा मन्त्रालयले आफ्नो सीमा आसपास १९ वटा लडाकु विमान र ड्रोन देखा परेको जनाएको छ । पछिल्लो समय चीन र ताइवानबीच तनाव बढ्दै जाँदा चीनले ताइवानमाथि सैन्य दबाब बढाइरहेको बताइएको छ ।

चिनियाँ सैन्य अभ्यासको निगरानी गरी उपयुक्त जवाफ दिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : २३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।