चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो « Khabarhub

चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इण्डोनेशियाले दक्षिण चीन सागरको विवादित जलक्षेत्रबाट चिनियाँ तटरक्षक जहाजलाई फिर्ता पठाएको छ । दक्षिण चीन सागरको उत्तरी नतुना जलक्षेत्रबाट इण्डोनेशियाको तटरक्षक बलले चिनियाँ तटरक्षक बलको सीसीजी ५४०२ जहाजलाई फिर्ता पठाएको हो ।

यसअघि पनि विवादित जलक्षेत्रमा उक्त जहाजले प्रवेश गर्ने प्रयास गरेको थियो । इन्डोनेसियाको समुद्री सुरक्षा एजेन्सीले विज्ञप्ति जारी गर्दै आफ्नो मुलुकको मातहतमा रहेको जलक्षेत्रमा प्रवेश गरेपछि चिनियाँ जहाजलाई फिर्ता पठाइएको जानकारी दिएको छ ।

इण्डोनेशियाको राज्यसञ्चालित तेल कम्पनी पेट्रामिनाले उक्त जलक्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चिनियाँ जहाजले हस्तक्षेपको प्रयास गरेको समाचार संस्था एएफपीले जनाएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । यसबाट दक्षिण चीन सागरसँग सीमा जोडिएका प्रायः सबै मुलुकसँग चीनको कूटनीतिक विवाद रहँदै आएको छ ।

इण्डोनेशियाको समुद्री सुरक्षा एजेन्सीले अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सार्वभौमिकतामा रहेका जलक्षेत्रमा खनिज पदार्थको खोजी गर्न आफ्नो मुलुक सक्षम रहेको स्पष्ट पारेको छ । यस घटनालाई हालैमात्र सरकार सम्हालेका इण्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्ताको कार्यकालको पहिलो परीक्षाका रुपमा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ५८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक