चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो | Khabarhub Khabarhub

चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँइण्डोनेशियाले दक्षिण चीन सागरको विवादित जलक्षेत्रबाट चिनियाँ तटरक्षक जहाजलाई फिर्ता पठाएको छ । दक्षिण चीन सागरको उत्तरी नतुना जलक्षेत्रबाट इण्डोनेशियाको तटरक्षक बलले चिनियाँ तटरक्षक बलको सीसीजी ५४०२ जहाजलाई फिर्ता पठाएको हो ।

यसअघि पनि विवादित जलक्षेत्रमा उक्त जहाजले प्रवेश गर्ने प्रयास गरेको थियो । इन्डोनेसियाको समुद्री सुरक्षा एजेन्सीले विज्ञप्ति जारी गर्दै आफ्नो मुलुकको मातहतमा रहेको जलक्षेत्रमा प्रवेश गरेपछि चिनियाँ जहाजलाई फिर्ता पठाइएको जानकारी दिएको छ ।

इण्डोनेशियाको राज्यसञ्चालित तेल कम्पनी पेट्रामिनाले उक्त जलक्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चिनियाँ जहाजले हस्तक्षेपको प्रयास गरेको समाचार संस्था एएफपीले जनाएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । यसबाट दक्षिण चीन सागरसँग सीमा जोडिएका प्रायः सबै मुलुकसँग चीनको कूटनीतिक विवाद रहँदै आएको छ ।

इण्डोनेशियाको समुद्री सुरक्षा एजेन्सीले अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सार्वभौमिकतामा रहेका जलक्षेत्रमा खनिज पदार्थको खोजी गर्न आफ्नो मुलुक सक्षम रहेको स्पष्ट पारेको छ । यस घटनालाई हालैमात्र सरकार सम्हालेका इण्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्ताको कार्यकालको पहिलो परीक्षाका रुपमा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ५८ बजे

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार