रविको फोटोमै भाइटीका ! « Khabarhub

रविको फोटोमै भाइटीका !


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

उनी कात्तिक ३ गतेदेखि हिरासत रहेकाले यस पटकको तिहार मनाउन पाएनन् । भाइटीकाको दिन आइतबार उनीसहित उनका दुई दिदी र शुभेक्छुकको तिहार खल्लो भयो । त्यहीकारण दिदीहरूले रविको फोटोमै भाइटीका लगाइदिएका छन् ।

‘रवि दाइ हिरासतमा भएकाले दिदीहरू र शुभेक्छुकले तस्बिरमै भाइटीका लगाउनुभएको छ’, रास्वपाका नेता दीपक बोहोराले खबरहबलाई भने, ‘सयौँको संख्यामा रवि दाइका समर्थकले फोटोमा टीका लगाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएको छ ।’

अघिल्लो तिहारमा दिदीहरूसँग रवि लामिछाने

बोहोराले भनेजस्तै स्वस्तिका लामिछानेले विधिपूर्वक तिहारको भाइटीका रविको फोटोमा लगाइदिएर सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गरेकी छन् । त्यो भिडियोमा २० हजारभन्दा बढीले लाइक गरेका छन् । ५ हजार ५ सय ८८ वटा कमेन्ट आएका छन्।

यस्तै शमशेर क्षेत्री सिन्धुपाल्चोक आइडीबाट टिकटकमा हालिएको भिडियोमा पनि एकजना महिलाले रविको फोटोमा भाइटीका लगाएकी छन् । उक्त भिडियोमा २५ हजारले लाइक गरेका छन् भने १ हजार १ सय २९ जनाको कमेन्ट पढ्न सकिन्छ ।

उक्त फोटोमा ‘रवि दाइ हामी तिम्रो साथमा छौँ’ लेखिएको छ । यस्तै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पनि रविलाई टीको लगाइदिएका अन्य भिडियो पोस्ट गरिएको छ ।

यसअघि रास्वपाले पार्टीका समर्थकलाई तिहार र छठसम्म आन्दोलन स्थगित गरिएको जानकारी दिएको थियो । तर रास्वपाले देउसी भैलो खेलेर सरकारलाई दबाब दिन भनेको थियो । त्यसैगरी तिहारमा रविको फोटोमै भाइटीका लगाउन पनि उसले आव्हान गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ४ : ५४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर