अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- मेल्लेक गाउँपालिका–७ नन्देगडामा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो । मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : १९ बजे

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ

खरबुजा बिक्रीबाट दैनिक १२ हजार आम्दानी 

कैलाली– कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प

काठमाडौं– अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री 

राजविराज – गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल

विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल

काठमाडौं– आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र