पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीबाट अश्रुग्यास प्रहार « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीबाट अश्रुग्यास प्रहार


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको अवस्थामा उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

पोखरास्थित जिरो किलोमा भेला भएका रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन्।

राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई राज्यले फसाउन खोजेको रास्वपाले दाबी गर्दै आएको छ ।

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पहिलो पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेको थियो । उक्त म्याद कात्तिक १४ गतेसम्म रहेकोमा त्यसपछि तिहार बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेस गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : ४८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,