पर्वतमा बेमौसमी वर्षाले धानबालीमा क्षति « Khabarhub

पर्वतमा बेमौसमी वर्षाले धानबालीमा क्षति


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । 

सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । 

कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिए। धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् । रुझेको पराल कुहिएमा गाईभैँसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए। 

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शंकर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताए। यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उनको भनाइ छ । क्षतिको यकिन विवरण संकलनको काम भइरहेको उनले बताए। 

धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी  वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । 

रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : ५८ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन