अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा | Khabarhub Khabarhub

अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गतेदेखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । 

नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ । महायज्ञको औपचारिक उद्‌घाटन वैदिक गुरुहरुद्वारा कात्तिक २१ गते बुधबार बिहान साढे १० बजे शोभायात्रा लगत्तै हुनेछ । 

भद्रकाली मन्दिरबाट मौलिक नेपाली झाँकी तथा १ सय ८ शंखघण्टसहित सुरु हुने शोभायात्रा शहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्‌घाटन समारोहमा सरिक हुनेछ । 

महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समिक्षा बाँस्कोटाले नेपालीहरु आफैले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महायज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रंगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महासम्मेलन, भागवत कथा वाचन लगायतका कार्यक्रमहरुपनि आयोजना गरिने बताए। महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आइपुगेको जानकारी समेत उनले दिए। 

‘अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको अन्तिम तयारी पूरा गरेका छौं। कात्तिक २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण नेपालीहरूलाई भृकुटीमण्डपमा महायज्ञ, ध्यान शिविर, वैदिक महासम्मेलन र भागवत सार वाचन लगायतका कार्यक्रममा सहभागि हुन आह्वान गर्दछौँ’ , बाँस्कोटाले भने ।

सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको विराट महायज्ञमा इच्छुक जोकोही सहभागि हुनसक्ने आयोजकले जनाएको छ ।

महायज्ञका लागि भृकुटीमण्डप परिसरमा हवनस्थल, वाचन स्थल, योगास्थल, सचिवालय, ५० वटा प्राङ्गारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेण्टर, भोजनस्थल लगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : ४५ बजे

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

काठमाडौ- बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त पाटन कलेज

नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को

बन्दिपुर केबलको आईपीओ आउने

काठमाडौं– बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि साधारण

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको