अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा « Khabarhub

अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गतेदेखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । 

नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ । महायज्ञको औपचारिक उद्‌घाटन वैदिक गुरुहरुद्वारा कात्तिक २१ गते बुधबार बिहान साढे १० बजे शोभायात्रा लगत्तै हुनेछ । 

भद्रकाली मन्दिरबाट मौलिक नेपाली झाँकी तथा १ सय ८ शंखघण्टसहित सुरु हुने शोभायात्रा शहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्‌घाटन समारोहमा सरिक हुनेछ । 

महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समिक्षा बाँस्कोटाले नेपालीहरु आफैले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महायज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रंगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महासम्मेलन, भागवत कथा वाचन लगायतका कार्यक्रमहरुपनि आयोजना गरिने बताए। महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आइपुगेको जानकारी समेत उनले दिए। 

‘अतिरुद्र विश्‍वकल्याण विराट महायज्ञको अन्तिम तयारी पूरा गरेका छौं। कात्तिक २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण नेपालीहरूलाई भृकुटीमण्डपमा महायज्ञ, ध्यान शिविर, वैदिक महासम्मेलन र भागवत सार वाचन लगायतका कार्यक्रममा सहभागि हुन आह्वान गर्दछौँ’ , बाँस्कोटाले भने ।

सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको विराट महायज्ञमा इच्छुक जोकोही सहभागि हुनसक्ने आयोजकले जनाएको छ ।

महायज्ञका लागि भृकुटीमण्डप परिसरमा हवनस्थल, वाचन स्थल, योगास्थल, सचिवालय, ५० वटा प्राङ्गारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेण्टर, भोजनस्थल लगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : ४५ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।