अपहरणमा परेका पाँच वर्षीय बालकको उद्धार « Khabarhub

अपहरणमा परेका पाँच वर्षीय बालकको उद्धार


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले अपहरणमा परेका पाँच वर्षीय बालकको सकुशल उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै अपहरण परेका बालकको उद्दार गरिएको जानकारी दिएको हो ।

अपहरणकारीले आफ्नी भागेकी पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिए । अपहरणकारीले बालकलाई अपहरण गरी आफ्नी भागेकी श्रीमती फिर्ता ल्याइदिन दवाव दिएका थिए ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित शङ्कर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको पाँच वर्षीय छोरा शिवम् यादवलाई मुखियाले गत भदौ १० गते अपहरण गरेका थिए ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका–६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा डेरागरी बस्दै आएका थिए ।

गत भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेर बेपत्ता भएपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी मुखिया यादवले सहयोग गरेको आरोप लगाउँदै बालकलाई अपहरण गरेका थिए ।

प्रहरीले मुखियालाई सर्लाहीको विष्णु गाउँपालिका–५ स्थित नेपाल भारतको सीमाबाटै पक्राऊ गरेको हो । बालकलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको छ । घट्नामा संलग्न अपहरणकारीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ५० बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको