काठमाडौं महानगरद्वारा सार्वजनिक स्थानहरूमा भित्ते चित्र लेखन पुनः सुरु | Khabarhub Khabarhub

काठमाडौं महानगरद्वारा सार्वजनिक स्थानहरूमा भित्ते चित्र लेखन पुनः सुरु


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ ।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ वानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबल सँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरू चित्र कोरिनेछन् ।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।

यसरी चित्र कोर्नुसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनका कार्यक्रम गाँसिएका छन् । त्यसैले यो केवल एक पटक सम्पन्न गरेर सकिने कार्यक्रम होइन, निरन्तर चलिरहन्छ ।

यी चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्छन् । इतिहास, सांस्कृतिक, ऎतिहासिक, पुरातात्त्विक महत्वस कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, भेषभुषा, खानपान बिम्बित गर्छन् । जसलाई हरेक नेपालीले आत्मबोध गरेर स्वीकार्न सकिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ११ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता