चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५-४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ ।

गैँडाको आयु सामान्यतया ३५ देखि ४० वर्ष हुने गर्दछ । गत आर्थिक वर्ष यो समयमा चार गैँडा कालगतिले मरेका थिए । यस वर्ष यो गैँडा नै कालगतिले मर्ने पहिलो गैँडा हो । विगत केही समययता चोरी शिकारीका कारण गैँडा मरेका छैनन् ।

गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा ४३ गैँडा मरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ३५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ