झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी  | Khabarhub Khabarhub

झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेको हो । आज ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच भएको छ । 

१२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२० वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २३८ पटक शेयर किनबेच भएको छ । 

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

यस्तै १३ वटा समूहमध्ये ८ वटा समूह घटेको छ भने बाँकी ५ वटा समूह बढेको छ । सबैभन्दा बढी म्यूचुअल फण्ड समूह १.०९ प्रतिशतले बढेर २१.५५ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक ०.७३ प्रतिशतले, फाइनान्स ०.७९ प्रतिशतले, हाइड्रोपावर ०.४६ प्रतिशतले, ड्रेडिङ समूह ०.२९ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ०.७५ प्रतिशतले घटेर ६८०७.९६ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक ०.१६ प्रतिशतले, लगानी ०.३७ प्रतिशतले, जीवन बीमा ०.१३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशतले, लघुवित्त ०.०९ प्रतिशतले, निर्जीवन बीमा ०.८७ प्रतिशतले र अन्य समूह ०.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : १६ बजे

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको