जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल « Khabarhub

जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान धानबालीमा गभारो लागेपछि चिन्तित भएका छन् ।

गभारोका कारण एक हजार रोपनी क्षेत्रफलमा लगाइएको जेठोबुढो धानखेती खेर गएको छ । यस्तै, पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । रोगबारे अनभिज्ञ रहेको उनको भनाइ छ । उनले भने, ‘यसअघि यस्तो देखिएको थाहा छैन ।’

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ ।

‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसक्यो’, महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  १० : २४ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६