नेपाली चेलीको चीनमा तस्करी हुने गरेको खुलासा, घटनामा संलग्न १० जना पक्राउ « Khabarhub

नेपाली चेलीको चीनमा तस्करी हुने गरेको खुलासा, घटनामा संलग्न १० जना पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ ।

मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्दार गरेपछि घटना बाहिर आएको हो। उक्त अपराधमा संलग्न ६ नेपाली तथा ४ चिनिया गरी जम्मा १० जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका ९भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गाउँका सोझासाझा चेलीहरुलाई विभिन्न प्रलोभन देखाएर विवाहका नाममा चीन पठाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकमध्ये जेङ सियाङ डोङ र ज्याङ डोङ हुइ चिनियाँ दलाल हुन् भने क्वान ग्याङ पिङ र क्वीन लियाङ नेपाली युवतीसँग बिहे गर्न आएकाको ब्युरोले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ५१ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ