यस्तो छ फिल्म ‘अग्निदहन’को ट्रेलर « Khabarhub

यस्तो छ फिल्म ‘अग्निदहन’को ट्रेलर


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मसिर ७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘अग्निदहन’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।  दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा बोक्सी कु-प्रथाप्रतिको अन्धविश्वासका घटना देखाइको छ ।

समाजमा जरो गाडेर बसेको बोक्सी कुप्रथा र  बोक्सीको आरोप लागेपछि महिला दिइने यातनासमेत ट्रेलरमा समेटिएको छ ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । यस फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।

मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको निर्देशक लामिछानेको भनाइ छ ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ले निर्माण गरेको यस फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले यो फिल्म हेरिसकेका छन् । चलचित्र विकास बोर्डले फिल्मलाई ‘विशेष चलचित्र अवार्ड’ दिएको छ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : ५२ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी