‘राजनीतिक अभियन्तालाई निशाना बनाउन प्रतिआतंकवाद कानुनको दुरुपयोग’ « Khabarhub

‘राजनीतिक अभियन्तालाई निशाना बनाउन प्रतिआतंकवाद कानुनको दुरुपयोग’


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक अभियन्तालाई निशाना बनाउन पाकिस्तान सरकारले प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको भन्दै बलोचिस्तान प्रान्तमा सक्रिय संघ संस्थाले आपत्ति जनाएका छन् ।

बलोचिस्तानमा सक्रिय बलोच याकेजेती कमिटिले राजनीतिक अभियन्तालाई निशाना बनाउन सरकारले प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको आरोप लगाएको हो ।

केही समयअघि पाकिस्तान सरकारले बलोचिस्तानका अभियन्ताहरु महरंग बलोच र सिबघतुल्लाह शाह जीको नाम प्रतिआतंकवाद निगरानी सूचीमा राखेको थियो ।

विज्ञप्ति जारी गर्दै कमिटिले पाकिस्तानी राज्यले कुनै ठोस प्रमाणबिना बलोचिस्तानका राजनीतिक कार्यकर्तालाई लक्षित गरी प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको जनाएको छ ।

कमिटिले पाकिस्तानको यस्तो प्रयास धेरै नटिक्ने समेत चेतावनी दिएको छ । पछिल्लो समय राजनीतिक कार्यकर्तालाई लक्षित गरी पाकिस्तानले प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त र एमनेस्टी इन्टरनेशनलजस्ता संघसंस्थाले पनि चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : २६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल