उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न | Khabarhub Khabarhub

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषा– उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।

त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए । 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ३२ बजे

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्‌घाटन गर्दै

धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको

विराज स्टारर ‘राम नाम सत्य’ चैत २७ मा आउने

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘१२ गाउँ’को

नि:शुल्क आरोहण खुला गरिएका ९७ हिमालहरू (सूचीसहित)

काठमाडौं– नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को भदौ ६ गते बुक क्लोज 

काठमाडौं– सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले वितरण गर्ने लागेको २०

नारायणी डेभलपमेन्ट बैंकको सिइओको राजीनामा स्वीकृत 

काठमाडौं– नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु