वर्षा अझै केही दिन लम्बिने | Khabarhub Khabarhub

वर्षा अझै केही दिन लम्बिने


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन । ‘अहिले मनसुनको कुनै प्रभाव छैन,’ मौसमविद् कँडेले भनिन् । उनका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने छैन् । केही समय रोकिने घाम लाग्ने पुनः वर्षा हुने क्रम आगामी तीन दिनसम्म चलिरहने छ ।

हाल देशका धेरैजसो भू–भागमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू–भागमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभरि सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा मेघ गर्जन/चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशैभरि बदली रही पश्चिमका धेरैजसो स्थानमा र पूर्व तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभरि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक–दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ३० बजे

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले