विरोध र झडपबीच ताप्लेजुङको पाथीभरा जाने केबलकार शिलान्यास « Khabarhub

विरोध र झडपबीच ताप्लेजुङको पाथीभरा जाने केबलकार शिलान्यास


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाउँदा तनाव भएको छ ।

शुक्रबार संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेका थिए ।

तर उक्त केबलकार निर्माणको विरोधमा रहेका समूह प्रतिकारमा उत्रिँदा तनाव भएको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको शिलान्यास कार्यक्रम सुरु भएलगत्तै विरोधमा उत्रिएका समूहका सदस्यले प्रतिकार गरेका थिए । उनीहरूले शिलान्यास कार्यक्रम रोक्न ढुंगामुढा पनि गरेका थिए ।

पाथीभरामा केबुलकार निर्माण गरि छाड्ने पक्ष र केबुलकार विरोधी पक्षबीच झडपका क्रममा कम्तीमा ५ जना घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबल कार निर्माणको शिलान्यस गरिएको हो।

अवरोधबीच केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बताएका छन् । यसअघि केबलकार निर्माण हुने क्षेत्र रूखहरू हटाइएको थियो । शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले काम निरन्तर अघि बढे १५ महिनाभित्र केबलकार चढेर पाथीभर जान पाइने बताएका छन् । लामो समयदेखि पाथीभरमा केबलकार निर्माण रोक्न माग गर्दै आदिवासी जनजातिहरूको एउटा समूह आन्दोलित छ । उक्त समूहले रुख काटिएका स्थानमा वृक्षारोपण अभियान नै चलाएको छ ।

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाउँदा तनाव भएको छ ।

शुक्रबार संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेका थिए ।

तर उक्त केबलकार निर्माणको विरोधमा रहेका समूह प्रतिकारमा उत्रिँदा तनाव भएको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको शिलान्यास कार्यक्रम सुरु भएलगत्तै विरोधमा उत्रिएका समूहका सदस्यहररुले प्रतिकार गरेका थिए । उनीहरूले निर्माणस्थलको अग्लो ठाउँबाट शिलान्यास कार्यक्रम रोक्न ढुंगामुढा पनि गरेका थिए ।

पाथीभरामा केबुलकार निर्माण गरि छाड्ने पक्ष र केबुलकार विरोधी पक्षबीच झडपका क्रममा कम्तीमा ५ जना घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबल कार निर्माणको शिलान्यस गरिएको हो।

अवरोधबीच केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बताएका छन् । यसअघि केबलकार निर्माण हुने क्षेत्र रूखहरू हटाइएको थियो । शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले काम निरन्तर अघि बढे १५ महिनाभित्र केबलकार चढेर पाथीभर जान पाइने बताएका छन् । लामो समयदेखि पाथीभरमा केबलकार निर्माण रोक्न माग गर्दै आदिवासी जनजातिहरूको एउटा समूह आन्दोलित छ । उक्त समूहले रुख काटिएका स्थानमा वृक्षारोपण अभियान नै चलाएको छ ।

ताप्लेजुङको पाथिभरा मुकुलुङ क्षेत्र आदिवासी लिम्बूहरूको पवित्र धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलङमा जथाभावी वन फँडानी भएको भन्दै विरोध भइरहेको छ । प्रकृतिपूजक लिम्बूहरूको  धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा  हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा  वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठ्ने गरेको छ ।

त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूको तर्क छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : २३ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको