त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग « Khabarhub

त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यालय तहका पाठ्यपुस्तकका त्रुटी आगामी शैक्षिक सत्रदेखि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ।

विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २९२ बढी विद्यार्थीलाई पाठ्यपुस्तकमार्फत गलत कुरा पढाउन बाध्य पारिएको भन्दै अनेरास्ववियुले सच्याउन भनेको हो ।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा पुगेको टोलीले तत्काल पाठ्यपुस्तकका गल्ती सच्याउन ध्यानाकर्षण गराएको हो ।

पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढी विद्यालयमा गलत कुरा पढ्न बाध्य पारेको उक्त संगठनले जनाएको छ ।

तत्काल पाठ्यपुस्तकका कमजोरी सच्याउन, २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तक सच्याएर मात्रै वितरण पनि संगठनले माग गरेको छ ।

वि.सं. २०७८ कात्तिक-मंसिरमा सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा २०७९ चैत्र १० मै सार्वजनिक भए पनि कक्षा १० को पाठ्यपुस्तकमा २०६८ कै तथ्याङ्क राखिनुलाई अनेरास्ववियुले गम्भीर गल्ती भनेको छ ।

नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको कुरामा पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनुलाई दुखद भनिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : १६ बजे

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको

फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने

एजेन्सी– फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू