रोल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

रोल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज (शनिबार) बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पुर्‍याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए ।

शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पुर्‍याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ५२ बजे

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय