रास्वपाले भन्यो : रविमाथिको कारबाही पार्टीविरुद्धको षड्यन्त्र « Khabarhub

रास्वपाले भन्यो : रविमाथिको कारबाही पार्टीविरुद्धको षड्यन्त्र


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ ।

शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ ।

रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने र सो आन्दोलनलाई साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ।

त्यस्तै रास्वपाले २०८० माघमा प्रधानमन्त्रीलाई बुझाइएको ‘सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक प्रतिवेदनका सिफारिसहरुलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरुको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन एक महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरुले आआफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकीन गरी कार्ययोजना बनाएर पीडितहरुको सरोकार बमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरुको अगुवाई गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै रास्वपाले आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : ११ बजे

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह

सिराहा– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन