सबै धर्म, सम्प्रदायका लागि फाल्गुनन्दको योगदान अनुकरणीय : उपराष्ट्रपति  « Khabarhub

सबै धर्म, सम्प्रदायका लागि फाल्गुनन्दको योगदान अनुकरणीय : उपराष्ट्रपति 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिएको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन् ।

फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले फाल्गुनन्दले तयार पारेको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्’, उपराष्ट्रपतिले भने ।

फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र अवलम्बन गरेको सत्मार्ग सिङ्गो नेपाली समाजको मार्गदर्शन गर्ने महत्त्वपूर्ण पक्ष भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

उपराष्ट्रपति यादवले किराँत धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेका फाल्गुनन्दले शिक्षा, सामाजिक समता र सांस्कृतिक पहिचानको क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गरे ।

किराँत समुदायका धर्मगुरु भए पनि सबै समुदायले फाल्गुनन्दप्रति समान श्रद्धा र आस्थाका साथ जन्मजयन्ती भव्यताका साथ मनाउने गरेको उल्लेख गर्दै उनले किराँत धर्म र संस्कृतिको मौलिक पहिचानको संरक्षणमा जोड दिँदै समाज सुधारको अभियानमा फाल्गुनन्द जीवनभर अहोरात्र समर्पित एवं सक्रिय रहेको बताए ।

फाल्गुनन्द जयन्तीलाई किराँत समुदायको गौरवशाली इतिहास र परम्परालाई जगेर्ना गर्ने अवसरका रूपमा लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण फाल्गुनन्द जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

उनले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीले सम्पूर्ण नेपालीलाई देश र समाजमा सदाचार, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै मुलुकको विकासको महाअभियानमा जुट्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ८ : १७ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत