पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ « Khabarhub

पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करको गिरोहबाट आफैं ठगिन पुगेको बताएका छन् ।

प्रहरीको टोलीले विराटनगरस्थित घरबाटै पक्राउ गर्नुअघि अधिकारीले आफू अनुसन्धानलाई सघाउन काठमाडौं गइरहेको पनि बताएका छन् ।

‘यो अपराधबारे सूचना मैले नै दिएको हो । मैले सबै सूचना दिन्छु भनेकै छुन । म थप अनुसन्धानमा सघाउन काठमाडौं जाँदैछु । विवाद उठ्नेबित्तिकै मैले राजकीय जिम्मेवारी (प्रदेश मन्त्री) छाडेँ’, उनले भने, ‘मन्त्री छाडेपछि पनि पार्टी (एमाले) माथि सञ्चारमाध्यले प्रश्न गर्न थाले । त्यहीकारण मैले अनुसन्धान नसकियुन्जेल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइदिन निवेदन दिएँ ।’

अधिकारीले यो अनुसन्धानलाई सघाउने गरी आफूले नै सूचना दिएको बताए । ‘म म ठगिएको महसुस भएपछि मैले जापानबाटै सम्पूर्ण सूचना प्रहरीलाई दिइसकेको थिएँ । अब म सम्पूर्ण सवुत प्रमाणसहित सघाउन काठमाडौं जाँदैछु ।’

भिडियो स्रोत टाकुरा न्यूज

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : २८ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई