खराब कर्जाले नाडेप लघुवित्त पाँच करोड घाटामा « Khabarhub

खराब कर्जाले नाडेप लघुवित्त पाँच करोड घाटामा


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । गत वर्ष भने लघुवित्तले ५ लाख नाफा कमाएका थियो ।

यस वर्ष खराब कर्जा अत्याधिक बढेका कारण पनि कम्पनीले ठूलो घाटा व्यहोर्नु परेको हो । यस अवधिमा ६.५६ प्रतिशत रहेको खराब कर्जा बढेर १०.५१ प्रतिशतमा पुगेको छ । यस्तै, कम्पनीको संचालन घाटा र खराब कर्जाले गर्दा लघुवित्तको नाफा प्रभावित भएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने ५ करोड १९ लाखबाट वृद्धि भएर ५ करोड ८३ लाख पुगेको छ । तर कम्पनीको इम्पेरिमेन्ट चार्ज बढ्नाले पनि कम्पनी घाटामा देखिएको हो । पहिले ७९ लाख ७५ हजार रहेको इम्पेरिमेन्ट चार्ज अहिले बढेर २ करोड ९० लाख पुगेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १०.२४ पैसा ऋणात्मक रहेको छ । नाडेपको प्रतिसेयर नेटवर्थ १७२.९३ रुपैयाँ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १० : ४६ बजे

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा