यसरी बनाउनुहोस् पति पत्नीबीचको सम्बन्ध सुमधुर « Khabarhub

यसरी बनाउनुहोस् पति पत्नीबीचको सम्बन्ध सुमधुर


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सम्बन्धलाई सुमधुर राख्ने कार्य कम्ति चुनौतीपूर्ण विषय होइन । त्यसका लागि सम्बन्ध हुनेहरुबीचको विश्वास नै महत्वपूर्ण कुरा हो । जब एक ले अर्कालाई विश्वास गर्न सकिँदैन वा त्यो वातावरण धुमिल बन्दै जान्छ तब सम्बन्धहरुमा पनि दरार उत्पन्न हुन जान्छ ।

सम्बन्ध यस्तो व्यवहार हो जसलाई तपाईले अलि धेरै कस्नु भयो भयो भने पनि समस्या उत्पन्न हुन्छ र खुल्ला खोड्नु भयो भने पनि समस्या उत्पन्न हुँदै जान्छ त्यसले सम्बन्धहरुलाई सही रुपमा राख्न चुनौती नै हुन जान्छ ।

जीवन जस्तै सम्बन्धहरुलाई व्यवस्थीत र राम्रोसँग राख्ने काम पनि चुनौतीपूर्ण नै हो ।

सम्बन्धहरुलाई सुमधुर राख्नका लागि कहिलेकाँही प्रविधिले सहयोग गर्छ भने कहिलेकाही त्यसले पनि हानी गर्न जान्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालहरुले एक अर्कालाई नजिक ल्याउन ठूलो भूमिका खेलेको छ । तर यसको सही रुपमा प्रयोग नहुँदा समम्बन्धहरुमा समस्या पनि निम्तिने गरेको छ ।

साथी–साथी, प्रेमी–प्रेमीका, पति–पत्नी, दाजुभाइ–दिदी बहीनीबीचको सम्बन्धलाई सुधार र सुमधुर बनाउन सामाजिक सञ्जाल र इन्टरनेटले सहयोग गर्ने गरेको छ भने कहिलेकाही यसकै प्रयोगले गर्दा समबन्धहरुमा समस्या आउने गरेको छ ।

यसको विकासले पनि कतिपय अवस्थामा समस्याहरु आइरहेको हुन्छ । मानिसले पहिला यसको प्रयोगमा सावधानि नअपनाउँदा सम्बन्धहरुमा समस्या देखापरेपछि चिन्तिामा पर्ने गरेको छ ।

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ ।

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने अध्ययनले देखाएको छ ।

पति पत्नीको सम्बन्ध सबैभन्दा महत्वपूर्ण सम्बन्ध हो जो नराम्रो हुँदा दुईजनाबीचको मात्र नभएर बालबालिका, परिवारको अन्य सदस्य समेत प्रभावमा पर्ने गरेका छन् ।

त्यसले गर्दा पति पत्नीले सम्बन्धलाई सुमधुर बनाउनका लागि समस्याको पहिचान, छलफल, कुराकानीमा जोड दिनु आवश्यक हुन्छ । अरुको देखासिकी भन्दा वास्तविकतामा जीवन यापन, एक स्पसट योजना, पारिवारिक संरचनाबारे छलफल, माया प्रेम, सद्भाव, जिम्मेवारी बोध गर्न सकियो भने सम्बन्धहरुमा दरार उत्पन्न हुँदैन ।

माथिको अध्ययन अनुसार पनि म बाट हामीले सामूहिकतालाई प्रदर्शन गर्छ भनने देखाउँछ र अपनत्वको बोध हुने जनाउँछ । यस्तो हुन सकेको खण्डमा एक अर्काबीचको अपनत्व कायम रहन सक्छ ।

३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : २६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी