युवा संकल्प यात्रा जनकपुरधाममा नेता निधिले गरे स्वागत  « Khabarhub

युवा संकल्प यात्रा जनकपुरधाममा नेता निधिले गरे स्वागत 


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – झापाको मेचीनगरबाट सुरु भएको युवा संकल्प यात्रा आज जनकपुरधाम पुगेको छ । 

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई सोमबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गरे। 

त्यस अवसरमा नेता निधिले युवा संकल्प यात्राको सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिए। भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरु गरिएको शाहीले जानकारी बताए।

यात्रामा ४० जनाको टोली रहेको नेविसङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिएका छन् । युवा सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसङ्घका पूर्वकेन्द्रीय सभापति रञ्जितकुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रादेवी जोशी, राष्ट्रिय कलाकारहरू राधिका हमाल, उदिराम खड्का, सुनिल थापा, लेलिया विश्वकर्मालगायत सहभागी छन् । 

संकल्प यात्रा कात्तिक २३ गतेदेखि मेचीबाट सुरु भई कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : २७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा