युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ काठमाडौँमा हुने « Khabarhub

युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ काठमाडौँमा हुने


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौँ संस्करण काठमाडौँमा हुने भएको छ । 

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा हुने भएको छ । उक्त कार्यक्रम नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा गर्ने भएको हो । 

देशभरका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूले जीव विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ् र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि विद्या समेटिएका छन् । 

परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई युवा वैज्ञानिक उपाधि प्रदान गरिने आयोजकको भनाइ छ । 

सम्मानित हुने युवा वैज्ञानिकहरूलाई सिंगापुरमा हुने १४औं एशिया प्यासिफिक सम्मेलनमा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : ५६ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका