अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बन्दै सन् २०२४ « Khabarhub

अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बन्दै सन् २०२४


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढ्दो विनाशकारी मानवीय कृयाकलापका कारण पृथ्वी तात्ने क्रम बढेको छ । पृथ्वी तातो हुँदै जाँदा विश्वभरको तापक्रम पनि उकालो चढिरहेको छ।

संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा गर्मी (तातो) वर्ष बन्नेतर्फ अघि बढेको छ।

डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबीचको विश्वभरको औसत तापक्रम १९ औँ शताब्दीको अन्तिमको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस धेरै रहेको छ ।

सन् २०१५ मा पेरिसमा लगभग २०० देशले जलवायु परिवर्तनको असरलाई कम गर्ने दिशामा काम गर्ने गरी वाचा गरेका थिए । त्यसबेला तापक्रम बढ्ने दरलाई सीमित गर्ने गरी सबै देशले गरेको वाचा प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

तर संयुक्र राष्ट्रसंघले १.५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म टुटेको छैन । यसले लामो समयको औसत तापक्रम देखाउने भएकाले १.५ डिग्री आसपास नै वृद्धिदर रहेको जनाइएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : १२ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको