अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बन्दै सन् २०२४ « Khabarhub

अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष बन्दै सन् २०२४


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढ्दो विनाशकारी मानवीय कृयाकलापका कारण पृथ्वी तात्ने क्रम बढेको छ । पृथ्वी तातो हुँदै जाँदा विश्वभरको तापक्रम पनि उकालो चढिरहेको छ।

संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा गर्मी (तातो) वर्ष बन्नेतर्फ अघि बढेको छ।

डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबीचको विश्वभरको औसत तापक्रम १९ औँ शताब्दीको अन्तिमको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस धेरै रहेको छ ।

सन् २०१५ मा पेरिसमा लगभग २०० देशले जलवायु परिवर्तनको असरलाई कम गर्ने दिशामा काम गर्ने गरी वाचा गरेका थिए । त्यसबेला तापक्रम बढ्ने दरलाई सीमित गर्ने गरी सबै देशले गरेको वाचा प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

तर संयुक्र राष्ट्रसंघले १.५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म टुटेको छैन । यसले लामो समयको औसत तापक्रम देखाउने भएकाले १.५ डिग्री आसपास नै वृद्धिदर रहेको जनाइएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : १२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित