राजेश हमाल लुम्बिनी लायन्सको ‘ब्राण्ड एम्बासडर’ « Khabarhub

राजेश हमाल लुम्बिनी लायन्सको ‘ब्राण्ड एम्बासडर’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सहभागी टोलीमध्ये लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई आफनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि लुम्बिनी लायन्सले चलचित्र क्षेत्रका महानायक हमाललाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो । लुम्बिनी लाइन्सद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र महानायक हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता एक वर्षको लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष जीसीले जानकरी दिए ।

सम्झौतासँगै हमालले एम्बास्डर को जिम्मेवारीलाई टिमसँग भावनात्मकरूपमा जोडिएको बताउँदै नेपालले क्रिकेट खेल्न थालेपछि आफू पनि क्रिकेट खेलमा आकर्षित भएको बताए । लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बास्डर भएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताए।

लुम्बिनी लायन्स टिम रोहितकुमार पौडेल, अभिषेश गौतम, सन्दीप जोरा, आसुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द रहेका छन् ।

काठमाडौँमै आयोजना हुने उक्त एनपीएलमा लुम्बिनी लायन्ससँगै काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : २४ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या