भैरहवास्थित सरकारी वकिलकहाँ रविको बयान « Khabarhub

भैरहवास्थित सरकारी वकिलकहाँ रविको बयान


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा बयानका लागि भैरहवा पुर्‍याइएको छ ।

पोखराबाट श्रीएयरलाइन्सको जहाजमा भैरहवा झारेलगत्तै उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । अहिले त्यहाँ सुप्रिम सहकारीको बचत हिनामिनाबारेमा रविको  बयान लिने काम भइरहेको छ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा जिल्ला अदालत रुपन्देहीले रविविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको देखिएपछि उनलाई त्यहाँ पनि अनुसन्धानका लागि लगिएको हो ।
आज रुपन्देहीमा बयान नसकिए उनलाई त्यही राखेर भोलि पनि बयान लिने प्रहरीको तयारी छ । यता रास्वपाले रुपन्देहीमा प्रदर्शन जारी राखेको छ ।

त्यसपछि २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले भैरहवा लगेको हो ।

भैरहवामा आजै बयान नसकिए रविलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : ४७ बजे

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको

वीरगञ्जको बीपी उद्यान अतिक्रमण गर्ने व्यवसायीलाई हटाइयो

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक