यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपालको लज्जास्पद हार, भारतसँग ७–० ले पराजित « Khabarhub

यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपालको लज्जास्पद हार, भारतसँग ७–० ले पराजित


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतको कल्याणी रंगशालामा शनिबार भएको फाइनलमा नेपाल भारतसँग ठूलो अन्तरले पराजित भएको हो । नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो । यो पटक समेत गरि नेपाली टीम तीन पटक फाइनल खेलमा पराजित भएको छ ।

पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो । भारतको जीतमा सिद्रथ नोङमिकापमले ह्याट्रिक पूरा गरे । मेसनसिंह, अमनदीप, शिबजितले गोल गरे ।

समूह चरणको पहिलो खेलमा पनि नेपालले भारतसँग ५–० को फराकिलो हार व्यहोरेको थियो ।

नेपाल अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग एक शून्यले पराजित भएको थियो । २०१७ मा भएको प्रतियोगितामा पनि नेपाल दुई पटक भारतसँग खेल्दा दुबै पटक हारेको थियो । समुह चरणमा दुई एकले हारेको नेपाल फाइनलमा पनि सोहि नतिजाले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ५ : ५२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी