धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री  « Khabarhub

धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री 


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् । 

‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’

त्यस अवसरमा आचार्य महाश्रमका शिष्यहरू रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नसामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूहरूले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २८ बजे

अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ

काठमाडौं – अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन् । प्रहरी

प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन

४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश

अझै निकाल्न नसकिएको राइनो क्रुज

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको