सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन « Khabarhub

सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि समिति गठन गरेको छ ।

शनिबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका उपसचिब सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरिएको जानकारी दिएको हो ।

छानविन समितिले अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने छ ।

गृहले गाईगोरुहरुको पोष्टमार्टम पश्चात शव व्यवस्थापनको लागि विरेन्द्रनगर नगरपालिकाको जिम्मा दिइएको जनाएको छ ।

घटनास्थलमा गाईगोरु छोडी फर्किँदै गरेका ५ वटा ट्रक र चालक ५ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको गृहको विज्ञप्तिमा जनाइएको छ ।

हिजो सुर्खेत विरेन्द्र नगर नगरपालिका १४ कटवुवा स्थित दैलेख सुर्खेत सडक खण्डको जंगलमा च्युरेनी खोलामा २४ गाइगोरु मृत फेला परेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ६ : ०३ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा