महिला विश्वकप छनोट : आज युएईसँग भिड्दै नेपाल | Khabarhub Khabarhub

महिला विश्वकप छनोट : आज युएईसँग भिड्दै नेपाल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ। थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ। रनरेटको आधारमासमेत अपराजित युएई अगाडि भएकाले नेपालले आजको प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्नुपर्नेछ।

नेपालले बुधबार दिउँसो १ः३० बजे युएईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ३८ बजे

कर्णाली प्रदेशसभा : विनियोजन विधेयक संसद्‌मा पेश, ‘रिटर्नी रिटेन’ कार्यक्रम ल्याइने

सुर्खेत– कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०८२-०८३ का लागि विनियोजन विधेयक पेश

‘अबण्डा’ मा गरिएको करोडौँ खर्च भ्रष्टाचार हो कि होइन ?

काठमाडौं – ‘भ्रष्टाचारको फाइल खोल्छु’, ‘भ्रष्टाचार गर्दैगर्दिनँ गरेँ भने बीच

अर्थसंक्षेप : ३० अर्ब बढी बेरुजु, संघीय सरकारको धेरै र नेप्से निरन्तर ओरालो

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपतिराष्ट्रपति रामचन्द्र

घोराही सिमेन्टको शेयर मूल्यमाथि महालेखाले उठायो प्रश्न, छानबिन गर्न सुझाव

काठमाडौं – घोराही सिमेन्ट उद्योगको शेयर मूल्यमा महालेखापरीक्षकको कार्यालयले प्रश्न

लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

पोखरा– पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना