कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई राप्रपाको १० बुँदे ज्ञापनपत्र « Khabarhub

कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई राप्रपाको १० बुँदे ज्ञापनपत्र


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णालीको विकासका लागि १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । 

प्रस्तुत ज्ञापनपत्रले कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्री र सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न जोड दिएको छ।

शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएका हुन।

शाहीले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकता अनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन्।

ज्ञापनपत्रमा जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन व्यवस्था गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : २५ बजे

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको