कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने « Khabarhub

कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ । 

कात्तिक २८ गतेदेखि एक हप्तासम्म विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको लाइन आज बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । बुधबार, बिहीबार र शुक्रबार (२८, २९ र ३० गते) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् हुनेछैन । 

त्यस्तै आइतबार सोमबार र मंगलबार (मंसिर २, ३, र ४)कलंकी क्षेत्र, आइतबार पुनः कलंकीदेखि सतुंगल र सोमबार कलंकी क्षेत्रमा चार घण्टा बिजुली नहुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ३२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक