नि:शुल्क उपचारको व्यवस्थापछि जलनपीडितले दिए स्वास्थ्यमन्त्रीलाई धन्यवाद  | Khabarhub Khabarhub

नि:शुल्क उपचारको व्यवस्थापछि जलनपीडितले दिए स्वास्थ्यमन्त्रीलाई धन्यवाद 


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेर धन्यवाद दिएका छन् । 

सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक रहेको बताएका हुन् । 

आफैँ जलनपीडित समेत रहेकी सांसद कंशाकारले अहिले जलनपीडितलाई उपचारमा सहज भएको बताइन् ।

 ‘उपचार सहज बनाउन विगतमा मैले पटक–पटक कुरा उठाएँ । संसद्‌मा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले हामीले लामो समयदेखि उठाएको जलनपीडितका समस्या सम्बोधन भएका छन्,’ उनले भनिन् । 

जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए ।

अब जलनका घटना नहून् भनेर सजगता अपनाउन पनि उनले ध्यानाकर्षण गराए । थापाले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताए । 

तनहुँका श्याममणि आचार्यले जलनपीडितका लागि निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए । झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महङ्गो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा व्यक्त गरे ।

 स्वास्थ्यमन्त्री पौडेलले कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु वा अङ्गभङ्ग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तारका लागि पहल भएको बताए । 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ५७ बजे

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

आजपनि तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री