निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ « Khabarhub

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा टेलिभिजन अन्तर्वार्तामा सनसनीपूर्ण कुरा बोलेका  गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक पटक विवादमा आइरहने प्रस्तोता ऋषि धमलासँग प्राइमटाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अर्यालले विवादित अभिव्यक्ति दिएपछि बुधबार नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार पनि सोधपुछ गरेर हाजिर जमानीमा छाडिएको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ । सीआईबीका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तीनैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पुष्टि गरेका छन् ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झूट हुन्’, उनले भने, ‘उक्त विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले कञ्चनपुरमा पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झूटो विवरणसहितको अन्तर्वार्तामा अर्यालले दिएको प्रहरी उपरीक्षक बोगटीले बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : ०४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री