नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो « Khabarhub

नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले घटेको छ । नेप्सेमा बुधबार भएको १४४ वटा कम्पनीको शेयर कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेर नेप्से २७३४.८३ अंकमा सीमित भएको हो ।

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै आजको शेयर कारोबारमा भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

बुधबारको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचक बढेको छ भने अन्य सबै सूचकहरू घट्न पुगेको छ । आज १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७ अर्ब ९१ करोड बढी रुपैयाँमा कारोबार भएको थियो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा सप्तकोशी विकास बैंकको शेयर लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन् भने कुथेली बुखारी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : १७ बजे

भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

कास्की– पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका

सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

काठमाडौं- सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपदबाट चार दिनमा १५