रूसद्वारा किएभमा मिसाइल र ड्रोन आक्रमण « Khabarhub

रूसद्वारा किएभमा मिसाइल र ड्रोन आक्रमण


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ्दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ । 

राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेसनमा शरण लिइरहेको एएफपीले जनाएको छ । किएभका अधिकारीहरूले ब्रोभरीको उपनगरमा ड्रोन खस्दा एक जना घाइते भएको तथा प्रभावित स्थलमा आगलागीका तस्बिरहरू देखाएका छन् ।  

क्रेमलिनले खेरसनको दक्षिणी क्षेत्रमा गरेको ड्रोन हमलामा ५२ वर्षीया महिलाको मृत्यु भएको ‘ब्ल्याक सी’ क्षेत्रका प्रमुखले बताएका छन् । अधिकारीहरूले किएभ नजिक मिसाइलहरू आइरहेको जानकारी दिँदै गर्दा धेरै वटा हवाई आक्रमणको साइरन बजिरहेको सुनिएको थियो । 

युक्रेनी सहरहरू खासगरी दक्षिणमा बढ्दो आक्रमणको एक हप्तापछि यो आक्रमण भएको हो। एक दिनअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा भएको रूसी हमलामा ३२ वर्षीया आमा र उनका तीन सन्तानको मृत्यु भएको थियो ।

युक्रेनले महिनाौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूलाई सहर र महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ०४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का