भरुवा बन्दुकसहित एकजना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित एकजना पक्राउ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मंगले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो । 

घर नजिक जंगलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियारलाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । 

‘सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दुक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो’, प्रनाउ श्रीवास्तवले भने। योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे। 

परियारमाथि जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ५५ बजे

उच्च रक्तचापको समस्या, डाक्टर भन्छन्- समयमै औषधि खाएर रोक्न सकिन्छ

काठमाडौं– उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक

संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ

काठमाडौं- नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त