गुजरातको अर्थतन्त्र ३.५ ट्रिलियन डलर पुर्‍याउने गरी काम भइरहेको छ : मुख्यमन्त्री पटेल « Khabarhub

गुजरातको अर्थतन्त्र ३.५ ट्रिलियन डलर पुर्‍याउने गरी काम भइरहेको छ : मुख्यमन्त्री पटेल


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले सन् २०४७ सम्ममा आफ्नो राज्यको अर्थतन्त्र ३.५ ट्रिलियन डलर बराबर पुर्‍याउने गरी काम भइरहेको जनाएका छन् ।

औद्योगिक घरानाका प्रतिनिधिलाई सम्बोधन गर्दै मुख्यमन्त्री पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको विकसित भारतको परिकल्पनालाई साकार पार्न आफूले काम गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले सन् २०४७ सम्म भारतलाई विकसित मुलुकको दाँजोमा पु¥याउने परिकल्पना गरेका छन् । सन् २०४७ मा भारतले स्वतन्त्रता पाएको १ सय वर्ष पूरा हुँदैछ ।

उनले सरकारले अघि सारेका उद्योगमैत्री नीति कार्यक्रमबाट गुजरातमा ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी पनि भित्रिरहेको जानकारी दिए । उनले पछिल्लो समय गुजरातमा सेमिकण्डक्टर, हरित हाइड्रोजन र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा लगानी बढिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : ५९ बजे

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह