‘प्याथोलोजी डे’ को अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम « Khabarhub

‘प्याथोलोजी डे’ को अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो बुधबार विश्वभर ‘प्याथोलोजी डे’ मनाइने गरिन्छ । नेपाल मेडिकल कलेजले आज विशेष कार्यक्रम नै गरी प्याथोलोजी डे मनाएको हो । सो अवसरमा एक कार्यक्रमका बीच सहभागीहरूले केक काटेर एकापसमा शुभकामना आदानप्रदानसमेत गरेका छन् ।

कलेजका आयोजित कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले स्वास्थ्य क्षेत्रमा प्याथोलोजीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

कुनैपनि रोगको पहिचान गर्न तथा सही उपचार गर्नका लागि प्याथोलोजीको योगदान रहने चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले भने, ‘हामीले पढ्ने बेलामा प्याथोलोजी भन्ने थिएन । त्यसपछि एउटा नोवल आयो, त्यसलाई अध्ययन गरेपछि मात्र प्याथोलोजीको महत्त्व थाहा भयो । त्यसपछि प्याथोलोजी डिपार्टमेन्ट भयो । त्यसअघि प्याथोलोजी ल्याब भन्थ्यौँ । यो एकदमै महत्त्वपूर्ण विषय हो डायग्नोष्टिकका लागि । प्याथोलोजी विना रोग पहिचान हुन सक्दैन, डाक्टरको महत्त्व नै रहँदैन ।’

अध्यक्ष प्रा.डा. अन्सारीले कलेजको प्याथोलोजी विभागलाई प्रभावकारी बनाउन प्रशासन तयार रहेको बताउँदै आवश्यक सहयोग र सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले‍ विभागको सेवा र गुणस्तर सुधार गर्न र प्रभावकारी बनाउन अस्पताल प्रशासन सदैव सकारात्मक रहेको बताइन् । प्याथोलोजी विभागले गर्ने विभिन्न क्रियाकलाप र प्याथोलोजी विभागको महत्वलाई सबैलाई बुझाउन गरिने कार्यक्रमहरूलाई सहयोग गर्न प्रशासन तयार रहेको जिकिर गरिन् ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्याथोलोजी विभागको योगदान रहेको चर्चा गरे । भने, प्याथोलोजी विभागकी प्रमुख प्रा.डा. सुजता पुडासैनीले प्याथोलोजी डेको बारेमा चर्चा गरिन् ।

सो अवसरमा कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । पछिल्लो समय देशव्यापी रूपमा डेङ्गुका बिरामीहरूको संख्या बढिरहेको र रगतको समेत अभाव भएकाले प्याथोलोजी डेको अवसरमा रक्तदान गरिएको विभागकी प्रमुख प्रा.डा. पुडासैनीले बताइन् । कलेजका प्राध्यापक, विद्यार्थी, नर्स तथा अस्पतालमा आएका सेवाग्राहीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : २६ बजे

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा

आज कागे अष्टमी पर्व, कागेश्वरी महादेव मन्दिरमा पूजाआराधना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६