जाडो छल्न आगन्तुक चरा चितवनमा | Khabarhub Khabarhub

जाडो छल्न आगन्तुक चरा चितवनमा


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

चितवन– जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरू यहाँ आएका हुन् ।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातिका चरा आएका छन् । उनले भने, ‘अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।’

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरू आएको उनले बताए। नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए। यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातिका चार यहाँ आउने गरेको उनको भनाइ छ । संयोजक बिडारीले भने,’अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरू फर्कने गर्दछन् ।’

तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए। अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उनले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १२ : ३८ बजे

एनपिएल : कस्तो बन्यो दीपेन्द्र कप्तान रहेको सुदूरपश्चिम रोयल टिम ?

काठमाडौं – नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व

तराईमा हुस्सु, उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

काठमाडौंका कुन–कुन स्थानमा आज बिजुली काटिन्छ ?

काठमाडौं – काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल मंसिर ११ गते मंगलबार तदनुसार