१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब  « Khabarhub

१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब 


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ। बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले बढेको हो । 

 आज नेप्से ०.५१ प्रतिशतले बढेर २७४८.७८ विन्दु कायम भएको छ । १० अर्ब ३२ करोड ३ लाख ३१ हजार बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार भएको छ । 

१५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बिहीबार प्रि–ओपन सेसनमा ४ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही समयमै माथि गएको थियो । तर, केही बेरमै बिक्रेता हावी भएर बजार घटेको थियो । त्यसपछि पुन: बजार माथि उठेको थियो । आाज बजार एक पटक मात्र रातो देखिएको थियो । 

यस्तै  ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज ३२१ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १ हजार ५४५ पटक शेयर किनेबेच भएको थियो । 

 १३ वटा समूहमध्ये ६ वटा समूह घट्यो भने ७ वटा समूह बढ्यो । आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.३४ प्रतिशतले बढेर ३ हजार ५७४.०२ विन्दुमा पुग्यो । 

त्यस्तै, वाणिज्य बैंक ०.४४ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल एण्ड पर्यटन ०.९३ प्रतिशतले, लघुवित्त ०.७७ प्रतिशतले, म्युचुलफण्ड ०.१७ प्रतिशतले र अन्य समूह ०.६३ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह ०.६२ प्रतिशतले घटेर ३ हजार ५९२.६९ विन्दुमा पुगेको छ । साथै, फाइनान्स ०.०९ प्रतिशतले, लगानी ०.०३ प्रतिशतले, जीवन बीमा ०.०३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.३० प्रतिशतले र निर्जीवन बीमा ०.०८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : १६ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ