नियमित त्रिफला खाँदा पुग्छ यस्तो फाइदै फाइदा | Khabarhub Khabarhub

नियमित त्रिफला खाँदा पुग्छ यस्तो फाइदै फाइदा


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो त्रिफला । त्रिफला भनेको हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि हो ।

यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एक पटक लिनु उपयुक्त हुन्छ । यसको नियमित सेवनले सबै प्रकारका रोगबाट मुक्त हुन सकिने आयुर्वेदिक चिकित्साले जनाएको छ । त्रिफलाले विभिन्न रोगहरूबाट बचाउँछ ।

त्रिफलाले ग्यास्ट्रिक, मधुमेह, कफ, पित्त, छाला तथा आँखा सम्बन्धी रोग, मोटोपना घटाउन, मानसिक तनाव कम गर्न सहयोग पुर्‍याउँछ ।

यस्तै पाचन शक्ति बढाउने, कब्जियत हटाउने, प्रजनन स्वास्थ्य तथा महिनावारीको समस्या कम गराउने स्वरमा सुधार ल्याउने र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । त्रिफलाको नियमित सेवनले शरीरका सम्पूर्ण विकारहरू निकाल्ने काम गर्छ ।

नियमित त्रिफला सेवनको यस्तो छ फाइदा

–त्रिफला सेवन गरेको एक वर्षभित्रमा तपाईँमा आलस्यको समस्या हट्छ । तपाईँमा भएको कमजोरी तथा थकानलाई टाढा बनाउँछ ।

–त्रिफलाको सेवन दुई वर्ष सम्म नियमित गर्दा सबै प्रकारको रोगबाट मुक्ति मिल्छ ।

–तीन वर्षसम्म नियमित त्रिफलाको प्रयोग गर्दा आँखाको ज्योति राम्रो हुन्छ ।

–चार वर्षसम्म नियमित त्रिफला सेवा गर्दा तपाईँको शरीरको सुन्दरता बढ्छ ।

–नियमित पाँच वर्षसम्म त्रिफला सेवन गर्दा बौद्धिक विकास हुन्छ ।

–बाह्र वर्षसम्म नियमित त्रिफलाको सेवन गर्नाले शरीरलाई निकै फाइदा पुर्‍याउँछ ।

–मानिसको शरीर बलियो हुन्छ । यस्तो वर्षौसम्म नियमित त्रिफला प्रयोग गर्दा कपाल कालो हुने, शरीरमा वृद्धता हटाई जवान देखिने हुन्छ ।

त्रिफला सेवन गर्दा यस्तो कुरामा ध्यान दिनुस् । 

त्रिफला सेवा गर्दा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर त्यसको लागि सही तरिकाले त्रिफलाको सेवन गर्नुपर्छ । त्रिफला खाली पेटमा सेवा गर्नुपर्छ । त्रिफला सेवन गरेपछि एक घण्टा सम्म केही खानु हुँदैन ।

त्रिफला सेवन गर्दा शुरुवातमा पेट सफा गर्ने भएकाले २,४ दिनसम्म दिनमा दुई पटक सम्म पातलो दिसा आउन सक्छ । यसमा आत्तिनु हुँदैन ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ४ : २२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार