इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण « Khabarhub

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन पछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रसारण गरेको छ । सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ ।

आक्रमण हुनुभन्दा केही समय अघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।

सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईँहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनु होला । इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दैछ ।’

विज्ञप्तिमा शौइफत अल–ओमरोसियाघोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ३७ बजे

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच