इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण « Khabarhub

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन पछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रसारण गरेको छ । सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ ।

आक्रमण हुनुभन्दा केही समय अघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।

सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईँहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनु होला । इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दैछ ।’

विज्ञप्तिमा शौइफत अल–ओमरोसियाघोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ३७ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित