प्रधानमन्त्रीले आफूलाई गाली गर्नेलाई दिए ‘टुप्पाबाट पलाएहरू’को संज्ञा « Khabarhub

प्रधानमन्त्रीले आफूलाई गाली गर्नेलाई दिए ‘टुप्पाबाट पलाएहरू’को संज्ञा


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले पनि ब्याक गेयरमा फर्काउन नसक्ने बताएका छन् ।

कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादलाई बिहीबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले आफूहरूलाई गाली गर्नेलाई टुप्पाबाट पलाएकाहरूको संज्ञा पनि दिएका छन् ।

‘देश ‘ब्याक गेयर’ लगाएर पछाडि फर्किन सक्दैन’, ओलीले सम्बोधनका क्रममा भने, ‘नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन ।’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतलाई दबाब दिने काम भएको पनि बताएका छन् । रास्वपाले पोखरा र रुपन्देहीमा गरेको प्रदर्शनलाई लिएर उनले यस्तो भनेका हुन् । ‘न्यायालयको कामलाई दबाब र झूठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन’, उनले भने ।

यसअघि रास्वपाले अदालतमा पुगिसकेको मुद्दालाई प्रभावित पार्न प्रदर्शन गरेको भन्दै उक्त पार्टीका नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ । अदालत प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता भएर अब सुनुवाइमा जाँदैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ७ : २८ बजे

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै